कैलालीमा चट्याङ लागेर दुईको मृत्यु , ६ जना घाइते

कैलाली | असार १२, २०८१

कैलालीमा चट्याङ लागेर दुईको मृत्यु , ६ जना घाइते

कैलाली:     कैलालीका दुई स्थानमा बुधबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर ६ जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहान करिब साढे सात बजे जोशीपुर गाउँपालिका–३ भितरियामा चट्याङ लागेर ३१ वर्षीय जयराम डगौराको निधन भएको छ । 


आफ्नो घरदेखि करिब तीन सय मिटर टाढा खेतमा आली बनाइरहेका जयराम चट्याङ लागेर घाइते भएका थिए । दुर्घटनापछि घाइते जयरामलाई आफन्तले उपचारको लागि स्थानीय एक क्लिनिकमा पुराएकोमा उपचार क्रममा निधन भएको हो ।


बुधबार बिहान ८ बजेतिर धनगढी उपमहानगरपालिका– १८ एफगाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ । घर नजिकको खेतमा रोपाई गरिरहेका शालिम चट्याङ लागेर घाइते भएकोमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

आज  बिहानको चट्याङबाट कैलालीको जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी नगरपालिका–६ का ५५ वर्षीय राम बहादुर चौधरी र घोडाघोडी नगरपालिका–९ बुदेनीका ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत तथा १० वर्षीया खिमा कठायत घाइते भएका छन् ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्